Sunday, September 8, 2024

ट्रेन्डिङ :

टियु क्रिकेट स्टेडियम निर्माण बारे त्रिविका उपकुलपति, रेक्टर र रजिष्टारसँग प्रधानमन्त्रीले गरे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्न जग्गाका बारेमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले विहिबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल भयो। छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले असार ३१ गते आफु नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले ३०० दिनमा किर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लड लाइट जडान र प्याराफिटको निर्माण गर्ने निर्णय गरेका थिए । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?