Sunday, September 8, 2024

ट्रेन्डिङ :

कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो । 

मिर्गौला खराबीका कारण उहाँको मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो । उहाँको एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । 

चार जना जनप्रतिनिधि रिक्त

प्रमुखको निधनसँगै यस नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । यस अघि वडा नम्बर १ र ४ का अध्यक्षको निधन भई सकेको छ भने कार्यपालिका सदस्य श्याम दानकोटीको समेत निधन भएसँगै रिक्त सङ्ख्या चार जना पुगेको हो । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?