Sunday, September 8, 2024

ट्रेन्डिङ :

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार सुन तोलाको ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४५ हजार रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?