Sunday, September 8, 2024

ट्रेन्डिङ :

विवाहित महिलाहरुको लागि “मिसेस नेपाल” प्रतियोगिताको आवेदन खुला !

रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुला गरेको छ । विवाहित महिलाबिच सौन्दर्य प्रतियोगितामार्फत व्यक्तित्व विकास गर्ने उद्देश्यले मिसेस नेपाल वल्र्ड गरिँदै आएको छ ।  

स्काई वाक टावरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । आयोजक संस्था आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेस नेपाल वल्र्ड–२०२४ मा विवाहित महिलाले भाग लिन सक्ने छन् । सहभागिताका लागि भदौ ८ गते नयाँ बानेश्वस्थित अर्याल इन्टरनेसनल होटेलमा पहिलो चरणको अडिसन लिइने छ ।

मिसेस नेपाल–२०२३ का विजेता सीता सुवेदीले विवाहित महिलाको व्यक्तित्व विकास र हरेक क्षेत्रमा अघि बढ्न मिसेस वल्र्ड निकै उपयोगी मञ्च भएको बताउनुभयो । कत्थक नृत्यङ्गना सुवेदीले आफूले विभिन्न अप्ठ्यारोलाई चिर्दै मेहनत गर्दै गएर एमएस नेपालको उपाधि जितेको अनुभव सुनाउनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?