Sunday, September 8, 2024

ट्रेन्डिङ :

कमला ह्यारिसलाई ओबामाको समर्थन

काठमाडौँ । अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रुपमा समर्थन गरेका छन् ।

ओबामाले सामाजिक सञ्जालमा ह्यारिससँग टेलिफोन कुराकानी गरेको भिडियो सार्बजनिक गर्दै आफु र मिचेल ओबामाको ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारीमा पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन् । 

ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसले जित्ने विश्वास व्यक्त गरेका छन् ।

यस अघि जुलाई २१ मा राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारी फिर्ता लिएर ह्यारिसलाई राष्ट्रपतिको रुपमा समर्थन गरेपछि ओबामासहितका डेमोक्रेटिक नेताहरुले ह्यारिसलाई समर्थन गरेका थिएनन् ।
 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?