Sunday, September 8, 2024

ट्रेन्डिङ :

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । 

उनले भने- ‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ, अर्थमन्त्री पौडेलले भन्नु भयो-मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ ।’

अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गरे । 

मौद्रिक नीति जारी गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री पौडेलसँग भेटघाट गरेका थिए ।
 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?