Sunday, September 8, 2024

ट्रेन्डिङ :

केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका, सुरक्षाकर्मी पुग्दै

चितवन । चितवनको केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका गरिएको छ । स्थानीयले रातो रंगको बस देखेको भन्दै प्रहरीलाई खबर गरेपछि अहिले सशस्त्र प्रहरीको टोली देवघाटबाट र प्रहरीको टोली मुग्लिनबाट सो ठाउमा पुग्दै गरेको बताइएको छ । 

सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला पर्न सकेको थिएन । भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो । 

असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।   

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?