Tuesday, September 17, 2024

ट्रेन्डिङ :

मुख्यमन्त्री लामाको राजनीतिक सल्लाहकारमा शाह नियुक्त

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त हुनुभएको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटका शाहलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषद् बैठकले शाहलाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो। 

नुवाकोटको तादी गाउँपालिका २ का शाह प्रदेश सुशासन ऐन २०७७ मा भएको व्यवस्था अनुसार प्रमुख राजनीतिक सल्लाहकारमा शाह नियुक्त हुनुभएको हो। 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?