Friday, September 20, 2024

ट्रेन्डिङ :

प्राइसवारले टिभी च्यानल व्यावसाय नै ध्वस्त, बक्यौता उठाउन नसक्दा भारतीय प्रसारकले काटे सबै च्यानल

नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ। अस्वस्थ प्रतिस्पर्धा र प्राइसवारले नेपालको टिभी च्यानल व्यावसाय नै ध्वस्त भएको छ भने, भारतीय प्रसारकहरुले बक्यौता उठाउन नसक्दा च्यानलहरु नै काट्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

यसैबीच नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माका अनुसार करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको जानकारी दिनुभयो।

उहाँका अनुसार झण्डै डेढ वर्ष अघि सञ्चार मन्त्रालयले विदेशी च्यानलको प्रसारणमा आलार्काटा प्रणाली लागू गर्ने मन्त्रीस्तरीय निर्णय गरेको थियो। तर इन्टरनेट प्रदायक कम्पनीहरूको असहयोगका कारण सो प्रणाली कार्यान्वयनमा समस्या भएको उहाँको भनाइ छ।

उहाँले इन्टरनेटको पहुँच बढेसँगै टेलिभिजन हेर्ने जनसङ्ख्यामा बिस्तारै कमी आउन थालेको भन्नुहुँदै विदेशी च्यानलले पनि मनपरी पैसा उठाउने गरेको बताउनुभयो।

उहाँका अनुसार १५ महिनाको पैसा नपाएका कारण विदेशी च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका हुन्।

सेवा बन्द हुनुमा कम्पनीहरु आफै जिम्मेवार छन्। अवस्थ प्रतिस्पर्धा नगरी नियमसङ्गत काम गरेको भए व्यावसाय सस्टेन हुने गरेर ग्राहकबाट पैसा उठ्थ्यो भने नियमित रकम तिर्न सक्दा भारतीय सेवा प्रदायकहरुले पनि लाइन काट्ने नै थिएनन। उनीहरूले पनि कहिलेसम्म उधारोमा कारोवार गरुन् त?

यसको दीर्घकालीन समाधानको लागि राज्यले हस्तक्षेप गरेर भएपनि स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनु पर्दछ। नत्र यो मात्रै हैन यो सङ्ग जोडिएको ईन्टरनेट र दूरसञ्चार क्षेत्रको भविष्य पनि खतरामा छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?