Friday, September 20, 2024

ट्रेन्डिङ :

नासाले बन्द गर्यो ४५० मिलियन डलर खर्चेको ‘भाइपर’ मिसन

विश्वको सबैभन्दा ठूलो अन्तरिक्ष एजेन्सी नासा बजेटको कमीसँग संघर्ष गरिरहेको छ। एक रिपोर्टका अनुसार नासाले आफ्नो आगामी रोबोटिक मिसन भाइपर (VIPER) खारेज गरेको छ। भाइपर भनेको भोलेटाइल्स इन्भेस्टिगेटिङ्ग पोलर एक्सप्लोरेशन रोभर हो।

यो रोभरलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गर्न लागिएको थियो। नासाले रोभर त्यहाँ पुगेर बरफको भण्डार अन्वेषण गर्न चाहेको थियो। यो मिसन १०० दिनको लागि प्रस्ताव गरिएको थियो, जुन सन् २०२५ सम्ममा सुरु गर्ने भनिएको थियो। नासाले या त मिसन रद्द गरेको वा सम्भावित रूपमा उद्योगलाई बेचेको बताइएको छ।

स्पेस डटकमको रिपोर्टअनुसार, भाइपर मिसन समाप्त गर्ने निर्णय जुलाई १७ मा टेलिकन्फ्रेन्समार्फत लिइएको थियो। मिसन रद्द गर्दा नासाको ८४ मिलियन डलर बचत हुने अपेक्षा गरिएको छ।

अन्तरिक्ष एजेन्सीले यस कार्यक्रममा हालसम्म करिब ४५० मिलियन डलर खर्च गरिसकेको छ, जसमा प्रक्षेपण लागत समावेश छैन।

यति अगाडि बढि सकेपछि कार्यक्रम रद्द गर्नु अन्तरिक्ष एजेन्सीको लागि निराशाजनक हुन सक्छ। तर, कार्यक्रममा जति काम गरेको छ त्यसमा सफल भएको नासा नेतृत्वको जोड छ। बजेटका कारण मात्रै मिसन सकिएको हो।

रिपोर्टका अनुसार भाइपर मिसन रद्द भएको बेला रोभर पूर्णरूपमा तयार थियो र वातावरणीय परीक्षण भइरहेको थियो। यो परीक्षणले रोभरले अन्तरिक्षको कठोर वातावरणको सामना गर्न सक्षम हुनेछ कि छैन भनेर पुष्टि गर्छ। स्पेस एजेन्सीले अब भाइपरमा स्थापित गरिएका वैज्ञानिक उपकरणहरू कसरी पुन: प्रयोग गर्न सकिन्छ भनेर हेरिरहेको छ।

नासा विश्वस्त छ कि भविष्यका चन्द्र अभियानहरूले भाइपर मिसनले हासिल गरेको लक्ष्यहरू हासिल गर्नेछन्।

अन्तरिक्ष एजेन्सीसँग धेरै प्रस्तावित चन्द्र अभियानहरू छन्। ती मध्ये आर्टेमिस मिसन प्रमुख हो। यसअन्तर्गत फेरि एकपटक चन्द्रमामा मानिस पठाउने तयारी भइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?