Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

लुम्बिनी प्रदेशका उपसभामुखलाई कोरोना संक्रमण पुष्टि

spot_img
spot_img
spot_img

बुटवल । लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ आएको स्वाव परिक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, प्रदेश सभा सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा कोरोना संक्रमण देखिएको हो । जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जनामा समेत संक्रमण देखिएको स्वास्थ्य निरीक्षक डिलाराम भुसालले बताउनु भयो । यो यही कार्यलय हो,जहाँ प्रदेशको स्थायी राजधानी तोक्ने प्रस्तावमा तोडफोड,घम्साघम्सी भएका थिए । सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाव संकरलन गरी परिक्षणमा पठाइएको थियो । त्यसमध्ये १० जनाको नतिजा आउन अझै बाकी छ । संक्रमित कर्मचारीको व्यवस्थापन कहाँ कसरी गर्ने भन्नेबारे तयारी भइरहेको प्रवक्ता श्याम प्रसाद श्रेष्ठले बताउनुभयो ।

उपसभामुख कृष्णी थारुले आफू र आफ्नी कार्यालय सहयोगीमा संक्रमण देखिएपछि भैरहवास्थित निवासको आइसोलेसनमा बसेको बताउनुभयो । यसअघि सभामुख सहित आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य एवं उद्योग पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपाने, लेखा समिति सभापति डिल्लीबहादुर चौधरीमा कोरोना संक्रमण देखिएको थियो । राजधानी केन्द्रित मुद्दामा पक्ष र बिपक्षमा लबिंग गरेका बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुमा पनि संक्रमण देखिएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?