Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

काठमाडौं जिल्ला प्रशासनबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द

spot_img
spot_img
spot_img

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको बताएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नआएसम्मका लागि भोलिदेखि लागु हुने गरि सेवाहरु बन्द गरिएको बताएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञसमेतको छलफलपछि, नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य बन्द गरिएको बताएको हो ।

साथै नवीकरणसम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी, नवीकरण राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको बताएको छ । शान्ति सूरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी सेवा, मुद्दाको सुनुवाइसम्बन्धी सेवा, विपद व्यवस्थापनसम्बन्धी सेवाहरु भने नियमित संचालन रहने प्रशासनले बताएको छ । अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न अनुरोध गरेको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?