Tuesday, September 17, 2024

ट्रेन्डिङ :

डडेल्धुराका इन्जिनियर जोशीको भारतमा निधन

डडेल्धुरा । डडेल्धुराका घर भएका इञ्जिनियर प्रमोद जोशीको भारतमा निधन भएको छ। अमरगढी नगरपालिका–८ टाँटरका ५३ वर्षीय जोशीको भारतको सिक्किममा मृत्यु भएको हो।

इञ्जिनियरसमेत रहेका जोशीले हालको संसद भवन अर्थात् त्योबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणको काम गरेका थिए। उनले गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि काम गरिसकेका थिए।

विद्यावारिधी गरेपछि पछिल्लो समय सिक्किममै काम गर्दै आएका जोशीको ह्रदयघातका कारण मृत्यृ भएको अमरगढी नगरपालिका–८ का वडा अध्यक्ष नरबहादुर साँकीले बताए। उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?