Tuesday, September 17, 2024

ट्रेन्डिङ :

बझाङमा पहिरोले एकै परिवारका चार जनाको मृत्यु

धनगढी । बझाङको बुंगल नगरपालिका-१० स्थित टुमेडामा पहिरोमा च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घरमाथिबाट पहिरो जाँदा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्यु भएको हो । स्थानीय र प्रहरीले बिहान चारै जनाको शव निकालेको थियो ।

गएराती एक बजे पहिरो खसेर घर पुरिएको तिह्यो । पहिरो जानेबित्तिकै स्थानीयले परिवारका अन्य पाँच जनाको उद्धार गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?