Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

सन् २०२२ सम्म स्वस्थ युवाहरुले कोरोनाको खोप लगाउन नपाउन सक्छन् : डब्ल्यूएचओ

spot_img
spot_img
spot_img

एजेन्सी। स्वस्थ युवाले सन् २०२२ सम्म कोरोना भाइरस (कोभिड-१९)को खोप नपाउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओको ध्यान खोप उपलब्ध भएसँगै सबैभन्दा पहिला वृद्ध र जोखिमपूर्ण समुहको सूचीमा रहेका मानिसमा केन्द्रित रहेकाले स्वस्थ युवाले छिटो कोरोनाविरुद्धको खोप नपाउन सक्ने डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताएकी हुन् ।

स्वामीनाथनका अनुसार खोप आएपछि सबैभन्दा पहिला स्वास्थ्यकर्मी, फ्रन्टलाइन कर्मचारी र वृद्धद्धृद्धाहरुले यो खोप पाउने बताइन् । यद्यपि कसलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा अझै पनि छलफल भइरहेको उनको भनाइ छ । ‘मानिसहरुले अहिेल जनवरीको सुरुमा वा अप्रिलसम्ममा मैले खोप पाउँछु र त्यसपछि सबैकुरा पहिलाको जस्तै हुन्छ भनेर सोचिरहेका छन्’, स्वामीनाथनले भनिन्, ‘तर, यसले त्यसरी काम गर्दैन ।’

स्वामीनाथनले सन् २०२१ मा कम्तीमा एउटा सुरक्षित र प्रभावकारी खोप आउन सक्ने बताइन् । यद्यपि त्यो खोप पनि सीमित परिणाममा पनि उपलब्ध हुने उनको भनाइ छ । अहिले विश्वभर १० भन्दा धेरै कोरोना खोप तेस्रो चरणको परीक्षणमा छन् ।

डब्ल्यूएचओजस्तै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले पनि खोप उपलब्ध भएपछि सबैभन्दा पहिला कसलाई प्राथमिकता दिने भन्ने सूची तयार पारिरहेका छन् ।-सीएनबीसी

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?