Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

शिक्षिका र कर्मचारीद्वारा कटहरियाको सम्पूर्ण बिद्यालयमा तालाबन्दी

spot_img
spot_img
spot_img

सञ्जय मिश्रा, रौतहट । तलव भत्ताको माग गर्दै बाल विकास शिक्षिका र बिद्यालय कर्मचारीहरुले कटहरिया नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा तालाबन्दी गरेका छन् ।

कर्मचारी र शिक्षिकाले बिद्यालय समय अगावै बिद्यालयहरुको मूल गेटमा तालावन्दी गरेको कारण बुधबार पठनपाठन अवरुद्ध भएको कटहरिया १ माबी भासेढवाका प्रधानाध्यापक राम मंगल यादवले बताएका छन्। तालाबन्दीका कारण कटहरियाको सम्पूर्ण माबी ५ निमाबि ५ र प्राबी १४ गरी २४ विद्यालयको पठनपाठन हुन नसकेको नगर शिक्षा संयोजक अनिल कुमार निधिले पुष्टी गरेका छन् ।

तलव भत्ताको माग गर्दै उनीहरू पछिल्लो एक महिना देखि आन्दोलित भएका छन्। जनै पूर्णिमा संगै रक्षाबन्धन पर्व परेका दिन सरकारले सार्वजनिक बिदा दिएको थियो ।हिमाल देखी तराईसम्मका दिन्दु धर्मावलम्बीहरु आआफ्नो रिती अनुसार पर्व मनाएका थिए। तर कटहरिया स्थित तलब भत्ताको माग गर्दै शिक्षिका तथा बिधालय कर्मचारी  धर्नामा बसेका थिए। हिजो मंगलबार सम्म तलब भत्ता नपाएमा आज बुधवार देखि नगरको सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गर्ने अग्रिम घोषणा संगै प्रेस विज्ञप्ती जारी गरेका थिए।

नेपाल बिद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा बिधालय कर्मचारी गत आईतवार देखि कार्यालय समय बिहान १० देखि ४ बजेसम्म नगरपालिका प्राङ्गण भित्र धर्नामा बसेका थिए ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक बर्ष २०७९!०८० को वैशाख देखि अषाढ मसान्त सम्मको न्यूनतम थप तलव , यस आर्थिक वर्षको वैशाख देखि हालसम्मको तलब र प्रति महिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि नपाएर कठिनाई भएको छ।

कटहरिया स्थित सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी  ६४  जना कार्यरत रहेका छन।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादव सहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झण्डै ३ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा बिधालय कर्मचारी तलब सुबिधा पाउन बाट बञ्चित भएका छन। गत आर्थिक बर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चासो न लिएको कारण तलब सुबिधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ।

करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले बार्षिक करोडौं रकम निकासा गराउँछन्। तर दिनरात मिहिनेत गरेका बिद्यालय कर्मचारी तथा बालविकास शिक्षिकाको तलब भत्ता निकासा गराउन मेयर जैसवाल संगै नगर शिक्षा संयोजक अनिल कुमार निधिले समेत चासो न देखाएको पीडितहरुले गुनासो गरेका छन् ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?