Tuesday, September 17, 2024

ट्रेन्डिङ :

कपिलवस्तु बस दुर्घटना : गम्भीर सातलाई भैरहवा पठाइयो

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासास्थित भएको बस दुर्घटनाका सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको थियो ।

दुर्घटनामापरी गम्भीर घाइते भएका उहाँहरूलाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ । बसमा चालकसहित २४ जना रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

घाइतेमध्ये २ जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । बसचालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई बचाउने क्रममा सो बस तल गएर पल्टिएको प्रहरीको भनाइ छ । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?