Tuesday, September 17, 2024

ट्रेन्डिङ :

कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्न सम्झौता

काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा अस्पतालमा अस्पतालमा विस्तारित सेवा दिने विषयमा भक्तपुर क्यान्सर अस्पताल तथा सेवा सञ्चालन गर्ने विषयमा कोशी अस्पतालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलसमेत उपस्थित कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रविनराज सिंहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

गत साउन २७ गते उनले घोषणा गरेको योजना तथा प्राथमिकतामा सबै प्रदेशबाट क्यान्सरको उपचार सेवा उपलब्ध गराउने उल्लेख थियो । सोही अनुसार भक्तपुर क्यान्सर अस्पतालले अब कोशी अस्पताललाई क्यान्सरसम्बन्धी बिरामीको पहिचान र निदानसम्बन्धमा सेवा दिन सघाउनेछ ।

कोशीमा क्यान्सर उपचारका लागि चापका आधारमा सेवामा सघाइने भक्तपुर क्यान्सर अस्पतालले बताएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले लामो समयपछि सबै प्रदेशमा क्यान्सरको परीक्षण र निदान सुरु हुने अवस्था आएको बताए । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सकिए नागरिकको ठूलो धनराशी जोगिने र राज्यको छरिएको रकमसमेत एकत्रित हुँदा उपचार सहज हुने बताए ।

मन्त्री पौडेलले कोशी प्रदेश सरकारको सक्रियतामा विराटनगरस्थित शैलजा आचार्य हृदयरोग केन्द्रको निरीक्षणसमेत गरेका छन् । त्यसक्रममा उनले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसँग समन्वय गरेर केन्द्रको उपचार प्रभावकारी बनाउन सघाउने बताए ।  जनशक्ति र प्याथ ल्याब सञ्चालनमा समेत सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?