Tuesday, September 17, 2024

ट्रेन्डिङ :

दीपक मनाङे असन्तुष्ट, वनमन्त्रीबाट राजीनामा

पोखरा । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन् । सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रमा मन्त्रिमन्डल हेरफेर गर्दा मनाङेलाई दिइएको थियो ।

यसअघि भौतिक योजना मन्त्रालय रहेका मनाङेले वन मन्त्रालय दिएकोप्रति असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन् ।

एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।

यस अघि एमालेले  मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो । तर मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाउदै एमालेलाई सरकारमा सामेल गराउने वातावरण मिलाएका थिए ।

मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटाले आफुलाई संकटमा साथ दिएको भन्दै काँग्रेसको कोटाको मन्त्री दिएर सरकारमा निरन्तरता दिएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?