Tuesday, September 17, 2024

ट्रेन्डिङ :

महाधिवेशनमा म कांग्रेसको सभापतिको उम्मेदवार : डा. शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताउनु भएको छ ।

बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताउनुभयो ।

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उहाँ यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो । नेता कोइरालाले भन्नुभयो, “अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।”

महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उहाँले थप्नुभयो, “सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।” नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताउनुभयो । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?