Monday, September 16, 2024

ट्रेन्डिङ :

लामो समयपछि अभिनयमा फर्किंदै गणेश

काठमाडौं । अभिनेता गणेश भट्ट लामो समयपछि म्युनजिक भिडियोमार्फत अभिनयमा फर्किएका छन्। ‘तिमी शब्द’ बोलको गीतबाट भट्ट अभिनयमा फर्कन लागेका हुन्।

माया प्रेममा आधारित गीतमा राजेश बुढाथोकीको शब्द, कविता श्रेष्ठ र जीवन विश्वकर्माको संगीत रहेको छ। गीतको निर्देशन सन्तोष पोखरेलले गरेका हुन् भने भट्टलाई अभिनयमा संगीता शाहीले साथ दिएकी छन्।

गीत यही भदौ २२ गते दिउसो ४ बजे समिश्रषण युट्युव च्यानलबाट सार्वजनिक हुने भएको छ।

यसअघि भट्ट अभिनित मैसाब, जीवन साथी, तिमी त हौं, उज्यालो भो जुनले चर्चित गीत हुन्। यसका अलावा उनले दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसेका छन्।

‘रारा म्युजिक अवार्ड’, स्टार म्युजिक अवार्डलगायत थुप्रै अवार्ड जितिसकेका भट्टले केही समय सांगीतिक क्षेत्रमा टाढा रहे पनि पुन: निरन्तरता दिने बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?