Tuesday, September 17, 2024

ट्रेन्डिङ :

‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी नेता पुटिनको भनाइ

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताउनुभएको छ ।

पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दामा टिप्पणी गर्ने गरेको पाइन्छ ।

गत वर्ष उहाँले अमेरिकी राजनीतिक प्रणाली ‘बिग्रेकोे’ र वासिङ्टनले अन्य देशलाई लोकतन्त्रबारे सिकाउनु विरोधाभासपूर्ण भएको बताउनुभएको थियो ।

रूसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले भन्नुभयो, “अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई श्रीमती ह्यारिसको पक्षमा उतार्नु आवश्यक छ।”

हामी उहाँ (ह्यारिस) लाई समर्थन गर्छौँं,” उहाँले मुस्कुराउँदै थप्नुभयो ।

रूसी नेता पुटिनले ह्यारिसको मुस्कानले उहाँको सबै कुरामा सही हुनुहुन्छ भन्ने देखाउने उल्लेख गर्नुभएको छ ।

“पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि अन्य कुनै अमेरिकी राष्ट्रपतिले भन्दा बढी प्रतिबन्ध लगाएको स्मरण गर्दै यदि ह्यारिसले राम्रो काम गर्ने भएमा सम्भवतः उहाँ यस्ता कार्यबाट टाढै रहनु हुनेछ।”

गत फेब्रुअरीमा पुटिनले ट्रम्पको सट्टा बाइडेनको समर्थन गर्दै वर्तमान राष्ट्रपतिलाई ‘अनुमानयोग्य’ भन्नुभएको थियो ।

पुटिनको यो टिप्पणी ह्वाइट हाउसले पुटिनलाई अमेरिकी चुनावबाट बाहिर रहन आग्रह गरेको एक दिनपछि आएको हो ।

यसै सन्दर्भमा रूसी सरकारी समाचार नेटवर्क आरटीका शीर्ष सम्पादकहरूमाथि प्रतिबन्ध लगाएको छ। वासिङ्टनले उनीहरूमाथि आगामी अमेरिकी मतपत्रलाई प्रभावित गर्न खोजेको आरोप लगाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?