Tuesday, September 17, 2024

ट्रेन्डिङ :

बलिवुड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । रिलिजको तेस्रो सातासम्म स्त्री-२ ले ५२६ करोड ४३ लाख कमाई गरेको छ ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको तेस्रो सातामा अहिलेसम्मकै सबै भन्दा बढी ७२ करोड ८३ लाख कमाएको थियो । यस अघि तेस्रो सातामा सबैभन्दा बढी कमाउने रेकर्ड बाहुबली- २ को नाममा थियो । बाहुबली -२ ले तेस्रो सातामा ६० करोड ७५ लाख कमाएको थियो ।

स्त्री- २ ले यस अघि पहिलो सातामा ३०७ करोड ८० लाख र दोस्रो सातामा १४५ करोड ८० लाख कमाएको थियो ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?