Tuesday, September 17, 2024

ट्रेन्डिङ :

रोड्रीगोको गोलमा ब्राजिल विजयी

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा खेलको एक मात्र गोल ३०औं मिनेटमा रोड्रीगोले गरेका थिए ।

यो दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको तेस्रो जित हो । ७ खेलमा ३ जित एक बराबरी र ३ हार बेहोरेको ब्राजिलको १० अंक रहेको छ । ब्राजिल अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै इक्वेडरको भने ७ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?