Tuesday, September 17, 2024

ट्रेन्डिङ :

भारतीय कुस्ती खेलाडी विनेश फोगाट कांग्रेसबाट विधान सभा चुनाव लड्ने

काठमाडौँ । भारतकी कुस्ती खेलाडी विनेश फोगाट नेशनल कांग्रेसमा प्रवेश गरेकी छन् । शुक्रबार कांग्रेसमा प्रदेश गरेकी फोगाटलाई कांग्रेसले हरियाणाको जुलानाबाट विनेश टिकट समेत दिएको छ ।

पेरिस ओलम्पिकमा फाइनल खेल्न अयोग्य भएकी विनेश फोगाट भारत फर्किएपछि नै कांग्रेसमा प्रवेश गर्ने अनुमान गरिएको थियो ।

विनेश फोगाट र अर्का कुस्ती खेलाडी बजरंग पुनियाले शुक्रबार कांग्रेसका वरिष्ठ सदस्यहरूको उपस्थितिमा पार्टीको सदस्यता लिएका थिए ।

विनेश फोगाट पेरिस ओलम्पिकमा पदक जित्नबाट चुकेकी थिइन् । ५० केजी तौल समूहमा उनी फाइनलमा पुग्दा पनि १०० ग्रामभन्दा बढी तौल भएका कारण अयोग्य घोषित भए ।

यसअघि बजरंग पुनिया र विनेश फोगाटले भारतीय कुस्ती महासंघका पूर्व अध्यक्ष बृजभूषण सिंहविरुद्ध महिला कुस्ती खेलाडीको यौन शोषणको विषयमा विरोध गर्दै दिल्लीको जन्तर मन्तरमा लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?