Tuesday, September 17, 2024

ट्रेन्डिङ :

वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछः उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खुला फोरममार्फत सांसदहरूसँग बसेर वायु प्रदूषणसम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताउनुभयो ।

उपसभामुख रानाले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरूलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताउनुभयो । शिक्षामा समावेशी ढाँचा हुनुपर्ने उहाँको भनाइ छ ।

उपसभामुख रानाले महिला, बालबालिकाहरूका लागि सरकारले छुट्याएको बजेट कम रहेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले कानुन बनाएर मात्रै नहुने भन्दै बनाएका कानुनहरूको कार्यान्वयन गर्न जोड दिनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?