Wednesday, September 18, 2024

ट्रेन्डिङ :

कांग्रेसमा विचार र आचरणको बहस आवश्यक छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा विचार र आचरणको बहस गर्नुपर्ने बेला भएको बताएका छन्। १११औं विपी जयन्तीका अवसरमा नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित ‘विपी चिन्तन र वर्तमान राजनीति’ विषयक विमर्शमा उनले यस्तो बताएका हुन्।

‘६ हजार ७४३ वटै वडामा पार्टीलाई बलियो बनाउने गरी कांग्रेसले सांगठनिक अभियान चलाउने निर्णय गरेको छ। अभियानमा पार्टी संगठनमा ताजकी ल्याउनका साथै विचार र आचारणको बहसलाई वडा तहसम्मै लैजान आवश्यक छ,’ महरले भने।

भदौ १६ गतेको केन्द्रीय समिति बैठकले सय दिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको भन्दै पार्टीको विचारमा पनि प्रस्टता ल्याउने अभियानलाई उपयोग गर्नुपर्ने महरले बताए। ‘कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत प्रमुख दल सैद्धान्तिक रुपमा फरक भए पनि व्यवहारमा एउटै देखिए भन्ने आम मानिसको बुझाइ छ। कांग्रेस अन्य दलभन्दा फरक छ भनेर हामीले व्यवहारबाटै देखाउनुपर्छ। असोज १ बाट सुरु भएर पुस १० गतेसम्म सय दिन चल्ने अभियानमा विचार र व्यवहारमा हामी फरक हौं भनेर जानुपर्छ,’ उनले भने।

विपी कोइरलाले कांग्रेसलाई अन्य पार्टीभन्दा विचार र व्यवहारले नै फरक देखाएको उनले स्मरण गरे। तर, पछिल्लो समय पार्टीमा विचारको बहस हराउँदै गएको उनको टिप्पणी छ। ‘पार्टीको प्रमुख लक्ष्य सत्ताभन्दा पनि जनता हो। जनतामुखी विचार र दृष्टिकोण राखेर हामी अगाडि बढिरहेका छौं कि छैनौं भन्ने मूल प्रश्न हो। हाम्रो व्यवहार जनतालाई मन परेको छ कि छैन भन्ने हेक्का राख्नुपर्छ,’ उनले भने।

नेकपा एमालेसँग सत्ता सहकार्य गरे पनि प्रतिस्पर्धा पनि उसैसँग हुने भन्दै कांग्रेसको संगठनमा जागरणको खाँचो महरले औंल्याए। ‘पुराना दल सबै खराब हुन् भन्ने भाष्य निर्माणको प्रयास भइरहेको छ। त्यसलाई चिर्नु आजको चुनौती हो। यो देशको विगत, वर्तमान र भविष्य नै नेपाली कांग्रेस हो भन्ने कुरा नेपाली जनतालाई बुझाउनुपर्छ। सत्तामा भएका साथीले कामबाट यसको जवाफ दिनुपर्छ,’ उनले भने। नयाँ राजनीतिक दल स्थापनाको दुई वर्षमै नांगिएको भन्दै मुलुकमा कांग्रेसको विकल्प नभएको महरको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?