Thursday, September 19, 2024

ट्रेन्डिङ :

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संसोधन गर्न राय माग्दै स्वास्थ्यद्वारा कानून मन्त्रालयमा पत्र

काठमाडौं । अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ ।

यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संसोधनको मस्यौदा गरेको मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय माग्दै पत्र पठाएको छ ।

प्रस्तावित विधेयकको मस्यौदामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनमा संसोधन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैरजमानती गिरफ्तार (जेल विदआउट बेल) गर्ने व्यवस्था प्रभावकारी बनाइने विषय समेटिएको छ ।

चिकित्सकहरुले उपचारकै क्रममा बेलाबखत आफूहरुमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा माग गर्दै आएका छन् । यसलाई सम्बोधन गर्न गत साउन २७ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो ।

सोही अनुसार कानून संसोधनको तयारी गर्दै मन्त्रालयले कानून मन्त्रालयसँग राय मागेको हो । संसोधन प्रस्ताव गरिएको व्यवस्थाले चिकित्सकको सुरक्षामा थप योगदान दिने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । कानूनबाट राय प्राप्त भए पछि विधेयकको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?