Saturday, September 7, 2024

ट्रेन्डिङ :

जोन सेनाले इरानी युवतीसँग विवाह गरे

एजेन्सी। विश्वचर्चित रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सेनाले शाए शारियातजादेसँग विवाह गरेका छन् । शाएसँग उनी केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले यही अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् । यद्यपि विवाह समारोहबारे विस्तृतमा जानकारी गराइएको छैन । जोनले भने विवाह सम्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका छन् ।

अभिनेता समेत बनेका ४३ वर्षीय सेना यसअघि २००९ देखि २०१२ सम्म एलिजाबेथ हुबर्देउसँग वैवाहिक सम्बन्धमा थिए । र त्यसपछि ६ वर्षसम्म अर्थात् २०१८ सम्म सेलिब्रिटी निकी बेलासँग सम्बन्धमा थिए । तर निकी बेलासँग उनको परम्परागत वैवाहिक सम्बन्ध रहेन । सेना र निकीले इंगेजमेन्ट भने गरेको र सम्बन्ध बिच्छेद पनि भएको बताइन्छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार जोन सेनासँग हालै विवाह गरेकी शारियातजादे इरानी मूलकी क्यानेडियन युवती हुन् । गत अप्रिलमा मात्रै उनले युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अन्तर्गत इन्जिनियरिङको डिग्री सर्टिफिकेट लिएकी थिइन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?