Thursday, September 19, 2024

ट्रेन्डिङ :

भोटेकोशीमा खसेको गाडीबाट बेपत्ता महिलाको शव भेटियो, चालक अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक महिलाको शव भेटिएको छ ।

प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका–६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव फेला परेको हो ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार गाडीमा सवार सुन्तली तामाङको शव फेला परेको हो । उनका ससुरा धनबहादुर तामाङले शवको सनाखत गरेका हुन् । उक्त बोलेरोका चालक भने अझै फेला परेका छैनन् । सिन्धुपाल्चोकस्थित बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार क्रेनको सहयोगमा गाडी निकालिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?