Thursday, September 19, 2024

ट्रेन्डिङ :

नेप्सेमा ५० अंकको गिरावट, १० अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५० अङ्कको गिरावट आएको छ । आइतबार नेप्सेमा ५०.७३ अङ्कले घटेर २६३७.७९ विन्दुमा रोकिएको छ ।

आज ३२४ कम्पनिको कारोबार हुदा २ करोड ४८ लाख ४६ हजार ७८२  कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज रिभर फल्स पावर, हिमालयन हाइड्रो र रावा इनर्जीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी सिइबिडि हाइड्रोको सबै भन्दा बढी ६४ करोड ३८ लाख ६६ हजार ७८० बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै सिंगाटी हाइड्रोको सबैभन्दा बढी ९ लाख ३४ हजार ५७८ कित्ता शेयर कारोबार भएको छ  ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?