Thursday, September 19, 2024

ट्रेन्डिङ :

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ गरको छ ।

जसमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा २ सय २३ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धार्के गाउँपालिका-४ बस्ने ३४ वर्षीय जिबन मगर र सोही गाउँपालिका-६ महादेबबेशी बस्ने ३० वर्षीय प्रदिप क्षेत्री रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.२१ च ५२२६ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक जिबन र पिकअपमा सवार प्रदिपलाई पक्राउ गरेको हो ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ५० ग्राम सहित सोही महानगरपालिका-५ मालेपाटन बस्ने २४ वर्षीय मिलन थापा मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया जोगबनी-६ बस्ने २४ वर्षीय बिक्की राय, १९ वर्षीय देव राउत र मोरङ बिराटनगर महानगरपालिका-१ बस्ने २६ वर्षीय बिधान अधिकारी रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै सिराहा, कर्जन्हा नगरपालिका-१० प्रयागपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा धनुषाधाम नगरपालिका-३ बस्ने ३५ वर्षीय उमेश ठाकुर र बटेश्वर गाउँपालिका-२ बटेश्वर बस्ने ५० वर्षीय प्रबेश ठाकुर रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मिर्चैयाबाट बन्दीपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००४ प ३३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी डोल्पा, ठूलीभेरी नगरपालिका-५ माझफालबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३६ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २३ वर्षीय मानव केसी र सोही नगरपालिका-८ बस्ने ३० वर्षीय चन्द्रलाल दर्जी रहेका छन् । प्रहरी चौकी माझफाल र जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-२० एयरपोर्ट प्रगती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ ग्रिनसिटि बस्ने २४ वर्षीय समिम कुरेसीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट राँझा र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका-६ बस्ने ३२ वर्षीय तेज भट्‍राई, २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?