Wednesday, January 15, 2025

ट्रेन्डिङ :

देशको व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै : अध्यक्ष राउत

spot_img
spot_img
spot_img

जनमत पार्टीका अध्यक्ष सिके रावतले  देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको बताउनुभएको छ ।

बर्दियाको गुलरियामा आइतबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले देश र जनता दुवैको अवस्था परिवर्तन गर्न सबै पार्टी र नेताहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देश र जनतामा सुधार ल्याउने जिम्मेवारी अब युवाको काँधमा आएको जनाउँदै त्यसका लागि तयार रहन युवालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति, पूर्व खानेपानी मन्त्री एवं जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले विश्वमै उत्कृष्ट मानिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आए पनि जनताको अवस्थामा सुधार नआएकोले जनतामा अन्योल उत्पन्न भएको दाबी गर्नुभयो ।

कार्यक्रममा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष इन्जिनियर दीपक शाह, राष्ट्रिय परिषद् अध्यक्ष जयकान्त राउत, जनमतका राष्ट्रिय सचिव राधा यादव लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जनमत पार्टीका बर्दिया प्रवक्ता रामदुलारे सोनकरले गर्नुभएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?