Thursday, September 19, 2024

ट्रेन्डिङ :

संसारकै अहिलेसम्मकै अब्बल र उत्कृष्ट संविधान

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ संविधान अहिलेसम्मकै गतिलो र महत्त्वपूर्ण दस्ताबेज भएकाले यसको अक्षरशः कार्यान्वयन गरेर समस्या समाधानमा लाग्नुको विकल्प नरहेको बताउनुभएको छ । आर्थिक रूपले नेपाललाई सुदृढ र सबल बनाउन, सरकारलाई जनताको घरदैलोसम्म पुर्‍याउन सङ्घीय व्यवस्था ल्याइएको उहाँको भनाइ छ । विश्वका अन्य मुलुकले सूचना प्रविधिको क्षेत्रमा फड्को मारिरहेका बेला डिजिटल नेपाल निर्माणका लागि सरकारले काम थालेको उहाँले बताउनुभयो ।

मन्त्री गुरुङले मुलुकको आर्थिक समृद्धि अब टाढा नरहेको प्रस्ट पार्नुभयो । संविधान कार्यान्वयन भएको नौ वर्ष पुग्दा पनि सङ्घीय शासन प्रणाली प्रभावकारी बन्न नसकेको गुनासो आइरहँदा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले संविधानको कमजोर बुँदालाई परिमार्जन गरी अगाडि बढ्ने बताउनुभयो । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) को सहकार्यले मुलुकमा राजनीतिक स्थायित्व कायम भएकाले सरकार विकास निर्माणमा केन्द्रित भएको उहाँले उल्लेख गर्नुभयो । यसअघि स्थायी सरकार नहुँदा विकास निर्माणको काम हुन नसकेको तर अब राजनीतिक स्थायित्व र स्थायी सरकार दुवै कायम भएकाले देश आर्थिक रूपले सबल बन्ने उहाँको भनाइ छ । 

– गोरखापत्र अनलाइन 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?