Friday, September 20, 2024

ट्रेन्डिङ :

हेडको शतकीय पारीसँगै इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी

काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको जारी एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ७ विकेटले पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको हो ।

इङल्याण्डले दिएको ३१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित १५४ रन बनाएका थिए । हेडले १२९ बल खेल्दै १५४ रन बनाएका थिए । त्यस्तै मार्नस लाबुस्चांगेले अविजित ७७ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९.४ ओभरमा अल आउट हुदै ३१५ रन बनाएको थियो । इङल्याण्डका लागि बेन डकेटले सर्बाधिक ९५ रन बनाएका थिए भने विल ज्याकले ६२ रन बनाएका थिए ।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल शनिबार खेल्ने तालिका रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?