Sunday, September 22, 2024

ट्रेन्डिङ :

कोल्हवीमा वस्यक जंगली हात्ती मृत फेला

सञ्जय मिश्रा, बारा । बाराको कोल्हवी नगरपालिका अन्तर्गत राष्ट्रिय जंगल छेउमा वस्यक जंगली हात्ती मृत फेला परेको छ ।

स्थानीय कोल्हबी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउमा जंगली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिवीजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।

घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरेका छन । इन्सपेक्टर बस्नेतका अनुसार हात्तीको सुढमा सामान्य खतसंगै केही रगतको टाटा देखिएको छ । घटना बारे बिस्तृत विवरण आउन बाकी रहेको ईलाका प्रहरी कार्यालय  कोल्हबीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?