Friday, September 27, 2024

ट्रेन्डिङ :

भारतबाट ‘लापत्ता लेडिज’ ओस्कारमा

काठमाडौँ । बलिवुडबाट यस बर्ष किरण रावको फिल्म ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ ।

फिल्म फेडेरेसन अफ इन्डियाले फिल्म ‘लापत्ता लेडिज’ लाई ओस्कार अवार्डमा पठाउने निर्णय गरेको हो ।

फिल्मलाई बेस्ट विदेशी फिल्मको क्याटोगोरीमा ओस्कारमा पठाइएको छ ।

यस फिल्मको निकै प्रसंशा भएको थियो ।  नितान्शी गोयल, प्रतिभा रान्ता, रवि किसनलगायतको अभिनय रहेको यस फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । करिब ५ करोडको बजेटमा बनेको यस फिल्मले भारतीय बक्स अफिसमा २० करोड कमाई गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?