Friday, September 27, 2024

ट्रेन्डिङ :

झापा र इलाममा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी बर्षा

काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा ठुलो वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चार ठाउँ र इलामको एक स्थानमा भारी वर्षा भएको छ ।

महाशाखाका अनुसार झापास्थित चन्द्रगढी एयरपोर्टमा ३०१ मिलिमिटर, अनारमणि बिर्तामा २५२ मिलिमिटर, गौरादहमा २५०.४ र केचनामा २३४.४ तथा इलामको कन्काई मैनाचुलीमा २९८.६ मिलिमिटर वर्षा भएको छ ।

महाशाखाले आइतबारसम्म बर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?