Monday, January 6, 2025

ट्रेन्डिङ :

बालुटार जग्गा प्रकरण : अर्थमन्त्री पौडेललाई सत्ताको आडमा उन्मुक्ति, उपसभापति गच्छदारको सम्पत्ति रोक्का

spot_img
spot_img
spot_img

काठमाडौं : कार्तिक ३, बालुवाटारको ललिता निवास (सरकारी) जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व(उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ। तर सोही प्रकरणमा मुछिएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा अहिलेका अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई भने अख्तियार दुरपयोग अनुसन्धान आयोगले उन्मुत्ति दिई सकेको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बालुवाटारको जग्गा फिर्ता गरेको भन्दै अख्तियारले उन्मुक्ति दिई सकेको छ । अख्तियारको पक्षपातपूर्ण निर्णयको चर्को अलोचना भएको थियो । बालुवाटारको जग्गा हिनामिना गरेका अर्थमन्त्री पौडेललाई सत्ताको आडमा उन्मुक्ति दिई सकेको छ भने कांग्रेसका उपसभापति गच्छदारको छानबिन भइरहेकाले सम्पत्ति रोक्का गरिएको अख्तियार स्रोतले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले गच्छदारको काठमाडौं, सुनसरी र मोरङमा रहेको जग्गा(जमिन लगायत सम्पत्ति रोक्का गरेको जनाएको छ । सो प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको सम्पत्ति पनि यसअघि नै रोक्का गरिसकिएको छ । विभागले नेता गच्छदारसहित बालुवाटारको उक्त जग्गा हिनामिना प्रकरणमा मुछिएकाहरू सबैमाथि सम्पत्ति छानबिन गरिरहेको जनाएको छ । स्रोतका अनुसार विभागले उक्त प्रकरणमा संलग्न पूर्वमन्त्री र कर्मचारीहरूविरुद्ध छिट्टै मुद्दा दायर गर्ने थालेको छ ।

सो जग्गा प्रकरणमा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्यितारले गत माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । ११२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको सो अभियोगमा अख्तियारले मुद्दा दायर गरेकाहरूको सूचीमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र उनीपछिका मन्त्री चन्द्रदेव जोशी, पूर्वसचिवत्रय दीप बस्न्यात, छवीराज पन्त र दिनेशहरि अधिकारीलगायत रहेका थिए । तीमध्ये ११० जनालाई कैद सजाय र बगो माग दाबी तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?