Saturday, December 21, 2024
spot_img

ट्रेन्डिङ :

अखाद्यबस्तु प्रयोग गर्ने आँगन स्विट्सलाई दुुई लाख जरिबाना

spot_img
spot_img
spot_img

सरकारको संयुक्त बजार अनुुगमन टोलीले आँगन स्विट्सका मिठाई उत्पादन हुने कम्पनी आकाश फुड्सलाई गुुणस्तरहीन वस्तुु प्रयोग गरेको भन्दै जरिबाना गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको अनुुगमन टोलीले उक्त पसलको अनुुगमन गर्ने व्रmममा बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि दुुई लाख रुपियाँ जरिबाना तिराएको हो ।

विभागका अनुसार आकाश फुड्सले आँगन ब्रान्डका मिठाई उत्पादन गर्ने कम्पनी हो, उनीहरूको वितरण निकै राम्रो देखिए पनि उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकूल अवस्था देखिएपछि जरिबाना तिराएको बताइएको छ ।

विभागका प्रवक्ता डिकबहादुर कार्कीले मिठाई उत्पादनमा प्रयोग हुने तेलको उत्पादन मिति खुइलिसकेको, तेलको शुद्धीकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुुनः प्रयोग गरेको जस्ता कैफियत देखिएको जानकारी दिनुुभयो ।

विभागको अनुुगमन टोली जावलाखेलस्थित हानकुक साराङ रेस्टुरेन्टको अनुुगमनका व्रmममा ब्रान्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएपछि तीन लाख रुपियाँ जरिबाना गरेको जनाएको छ ।

विभागले पछिल्ला दिनमा ठुला र नाम कहलिएका ब्रान्डहरूमा अनुगमन बढाएको छ । जसमा धेरै कैफियत देखिएको विभागको अनुगमनबाट पाइएको छ । विभागले पछिल्ला दिनमा दैनिक सातदेखि नौ वटा टोली विभिन्न वस्तुुको अनुुगमन गर्दै आएको छ । 

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?