Sunday, September 8, 2024

ट्रेन्डिङ :

बीआरआई समृद्ध नेपालको सहयोगी बन्‍न सक्छ-विदेश विभाग प्रमुख,चिनियाँ कम्युनिस्ट पार्टी

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले चीनले अघि सारेको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना समृद्ध नेपालका लागि सहयोगी बन्‍न सक्ने बताएका छन् । फ्रेन्ड्स अफ् सिल्क रोड नेपालले मंगलबार गरेको भर्चुअल गोष्ठीमा सोङ ताओले बीआरआई परियोजना हिमालयपार ऊर्जा र यातायात विस्तारमा सहयोगी बन्ने विश्वास व्यक्त गरेको नेकपाका केन्द्रीय सदस्य आनन्द पोखरेलले जानकारी दिए ।

“हिमालयपार बहुआयमिक सञ्जालले नेपालको तीव आर्थिक विकास हुने अपेक्षा गरेका छौं,” सोङ ताओको भनाइ उद्धृत गर्दै पोखरेलले भने, “चीनले बीआरआइ परियोजना कार्यान्वयन गर्दा नेपालको दर्बिलो साथको अपेक्षा गरेको छ । चिनियाँ राष्ट्रपतिले गरेको नेपाल भ्रमण, त्यसक्रममा भएका सम्झौता हाम्रा सामुन्नेमा छन् । नेपालका राजनीतिक दलहरू सबै बीआरआइमा सकारात्मक रहेको हाम्रो बुझाइ छ ।”

बीआरआइका सन्दर्भमा नेपालका राजनीतिक दलहरूको समान धारणा रहनुपर्ने पनि उनको चासो थियो । गोष्ठीमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपाका कृष्णभक्त जोशीलगायत सहभागी रहेको पोखरेलले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?