Wednesday, October 16, 2024

ट्रेन्डिङ :

नेपालमा चार वर्षयताकै सर्वाधिक पर्यटक

सन् २०२४ को सेप्टेम्बरमा चार वर्षयताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ३३९ पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये सेप्टेम्बरमा मात्रै ९६ हजार ३०५ पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२४ को सेप्टेम्बरमा नेपाल भित्रिएका पर्यटक सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले बढेको बोर्डले जनाएको छ ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “गत वर्ष सेप्टेबरको तुलनामा यो वर्ष पाँच हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका थिए । कारोना महामारीअघि सन् २०१९ को सोही अवधिमा ९२ हजार छ सय पर्यटक नेपाल भित्रिएकाले यो वर्ष विगत चार वर्षयताकै सर्वाधिक पर्यटक आगमन भएको देखिन्छ ।”

सेप्टेम्बरमा प्राकृतिक विपत्ति र सडक दुर्घटनाका कारण नेपाल भित्रिने भारतीय पर्यटक सङ्ख्यामा भने करिब २० प्रतिशतले गिरावट आएको उहाँले जानकारी दिनुभयो ।

निर्देशक लामिछानेका अनुसार यो वर्षको सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०२३ को सोही अवधिमा २८ हजार ६९४ पर्यटक नेपाल आएका थिए । यो वर्षको सेप्टेम्बरमा चीन, अमेरिका र युरोपियन मुलुकबाट आउने पर्यटकको सङ्ख्या भने बढेको उहाँले जानकारी दिनुभयो ।  – गोरखापत्र अनलाइन 

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?