Friday, October 18, 2024

ट्रेन्डिङ :

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउदै नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पि.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली बृज जडान कार्य सुरु गरेको छ ।

यहि असोज १० र ११ गते भएको अविरल बर्षापछि सुनकोशीमा आएको बाढीले यो बेलिब्रिज बगाएको थियो ।

यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो । अस्थायी रुपमा वैकल्पिक मार्गबाट अहिले सडक संचालन भएको भएपनि नेपाली सेनाले बेलिब्रिज जडान कार्य शुरु गरेकाले सिन्धुली र रामेछापको सडक सम्बन्ध पुर्ववतरुपमा छिट्टै फर्किने भएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?