Tuesday, October 15, 2024

ट्रेन्डिङ :

नेप्सेमा ३१ अंकको वृद्धि

काठमाडौँ । दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ ।  मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै घट्यो । उत्पादन तथा प्रशोधन १५.६४ अंकले घट्यो । फाइनान्स १४९.६१, जिवन बिमा १३०.३८ अंक र निर्जिवन बिमा ६६.३४ अंकले बढेको छ ।

आज सबैभन्दा बढी जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो भने मिड सोलु हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको थियो ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?