Tuesday, October 15, 2024

ट्रेन्डिङ :

खर्च कम गर्न भन्दै माल्दिभ्सका राष्ट्रपतिले ५० मन्त्री हटाए

काठमाडौँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आर्थिक सुधारको एजेन्डा घोषणा गर्दै विभिन्न मन्त्री र राजनीतिक नियुक्ति पाएका २२८ जनालाई हटाउने घोषणा गरेका छन् ।

राष्ट्रपति मुइज्जुले विभिन्न सरकारी मन्त्रालयका २ सय २८ राजनीतिक नियुक्तिलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको बताए ।

उनले भनेका छन्- ‘यसमा ७ राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशकहरू समावेश छन् । यसले सरकारी बजेटबाट हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्स मुद्रा) बचत गर्नेछ ।’

पछिल्ला दिनमा माल्दिभ्सले आर्थिक संकट बेहोर्दै आएको छ । हालै विश्व बैंकले पनि माल्दिभ्सले आर्थिक मोर्चामा धेरै चुनौतिहरुको सामना गरिरहेको बताएको थियो । यस्तो अवस्थामा माल्दिभ्सलाई व्यापक आर्थिक सुधारको तत्काल कार्यान्वयन आवश्यक रहेको सुझाव विश्व बैंकले दिइएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?