Tuesday, October 15, 2024

ट्रेन्डिङ :

बर्दिवासको डेन्टल केयरको बदमासी: ६ बर्षिय बालिकाको निकाल्न नै नहुने दात निकालेपछि…

बिशाल बस्नेत, महोत्तरी । धनुषा मिथिला-१० का नेत्र बहादुर कार्कीले इटहरीवाट मावली टिका लगाउन आएकी नातिनी नित्या कुँवरको अगाडितर्फ दुई वटा दारा दात पलाएको देखेपछी मंगलवार हत्तपत्त उपचारको लागि बर्दिवास पुर्र्याए  । कार्कीले ६ बर्षीय नातिनीको बर्दिवासस्थित मकालु डेन्टल केयरमा पुर्र्याएर हल्लिएको र दारा दात पलाएको ठाँउ देखाएर निकाल्नुपर्ने त वताए तर त्यसको ठिक उल्टो वन्यो ।

उपचार कक्षवाट रुदै  दात निकालेर नातिनी वाहिर आउदा जव कार्कीले हेरे  तव देखाएको दात ननिकाली अर्कै दात निकालिएको थियो । निकाल्नुपर्ने दात ननिकाली अर्कै दात किन निकालियो भन्ने विषय नै अहिले चर्चामा  छ ।

‘हामि करिव १२ वजेतिर किल्निक पुगेका थियौ । त्याँहा ठुलो बोर्डमा विशेषज्ञहरुको नाम राखेर उपचार गरिने भनेर राखिएको थियो ।’ हजुरवुवा कार्कीले भने । ‘उत्कृष्ट उपचार हुन्छ भन्ने लाग्यो तर याँहा त नसोचेको पो भयो ।’

वालिकाको दात निकाल्ने किल्निकको सामान्य कर्मचारी मात्र भएको खुलेको छ । चिकित्सकको सल्लाह नै विना दात उखाल्ने जस्तो विषयमा हेलचेक्र्याई गर्नु किल्निक संचालकको गैरजिम्मेवार देखिएको पिडितहरुले गुनासो गरेका छन्  ।

एक बर्षदेखी किल्निकमा काम गर्दै आएकी विनिता महतोले उक्त दात निकालेकी थिइन् । आत्माबिस्वासका आधारमा दात निकालेतापनी आफुवाट गल्ती भएको महतोले स्वीकार गरिन ।

तर दात निकाल्ने विषयमा कर्मचारीलाई कुनै आधिकारिकता आफुहरुवाट नभएको चिकित्सक अन्जली साहले दावी गरेकी छन् । ‘उन्ले दात कसरी र कुन आधारमा निकालिन भन्ने विषयमा हामी बुझ्छौ तर हामीसँग कुनै सल्लाह भएको छैन ।’ डा. साहले भनिन । ‘वास्तवमा नै गल्ती भएको छ यो मेडिकल प्रक्रिया विपरित भएको विषयमा हामि स्वीकार गर्छौं ।’

यता असहय भएर ६ बर्षीय वालिका दात निकाल्न जाँदा अर्कै दात निकालिनुले आम मानिसमा संसय  र त्रास सिर्जना भएको  स्थानियहरुले प्रतिक्रिया दिएका छन् । स्थानीय गुन्ज कार्कीले यस्तो खाल्को गैरजिम्मेवार भत्सर्नाजन्य  भएको वताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले मेडिकल प्रक्रियाविना जताभावी उपचार गर्नु गलत भएको वताउदै नगरले नियमन प्रक्रियालाई अगाडी बढाईरहेको वताएका छन् । ‘हामीले मकालु लगायत सवैलाई नगरमा कागजपत्र पेश गर्न सुचना निकालेका थियौं तर वांहाहरु आउनु भएन ।’ प्रमुख पासवानले भने । ‘त्यो मकालु त मैले नाम नै सुनेको छैन । आवस्यक कारवाही प्रक्रिया अगाडी वढाउछौ ।’

वालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । नहल्लिएको  दात निकालेपछी  पिडामा रहेकी नित्यालाई तत्काल नजिकैको अस्पताल पुर्र्याएर चिकित्सकको सल्लाह लिएको हजुरवुवा कार्कीले वताए । उन्लाई अस्पतालका चिकित्सकहरुले औषधी लेखेर दिएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको कार्कीले जानकारी दिए ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?