Wednesday, October 16, 2024

ट्रेन्डिङ :

डडेल्धुरामा रात्रिबस दुर्घटना, चार जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति करिब साढे ११ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा दुई महिला, एक पुरुष र एक बच्चाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेका छन् ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । गम्भीर घाइते रहेका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब साढे तीन सय मिटर तल खसेको र दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?