Wednesday, October 16, 2024

ट्रेन्डिङ :

प्रधानमन्त्री ओली भन्छन्- सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाई छ भन्ने हेक्का रहोस् भन्दै परिर्वतनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् ।

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिदै दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाई रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अब आफूले करिव एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने बताउदै त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले भने- ‘मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार । यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’ उनले देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबल, सक्षम बनाउनेमा आफूहरुको ध्यान रहेको समेत बताएका छन् । उनले प्रहरीले शान्ति सुरक्षाका लागि खेलेको भूमिका प्रसंसनीय रहेको बताउदै प्रहरीमा अहिलेपनि पर्याप्त सुबिधा र पूर्वाधारमा कमि रहेको
आफुलाई जानकारी रहेको बताए ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?