Thursday, October 17, 2024

ट्रेन्डिङ :

महिला टी- २० विश्वकप: आज पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

काठमाडौँ । जारी आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुदै छ ।

आज पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

अस्ट्रेलिया प्रतियोगितामा अपराजित रहदै समुह ए को विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका समुह बी को उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

समुह चरणमा ४ खेल खेलेको दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्ध हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भने शुक्रबार हुदै छ । दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन् ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?