Thursday, October 17, 2024

ट्रेन्डिङ :

निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया

काठमाडौँ । मिस इन्डिया २०२४ को उपाधि मध्य प्रदेशकी निकिता पोरवालले जितेकी छन् । गएराती मुम्बईमा भएको ग्राण्ड फिनालेमा पोरवालले मिस इन्डिया वर्ल्ड २०२४ को ताज पहिरिएकी हुन् । अब उनले मिस वर्ल्ड प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

त्यस्तै दादरा र नगर हवेली (केन्द्र शासित प्रदेश) की रेखा पाण्डे मिस इन्डिया २०२४ को फस्ट रनरअप र गुजरातकी आयुषी ढोलकिया मिस इन्डिया २०२४ को सेकेन्ड रनरअप बनेकी छन् । निकिता पोरवाल, रेखा पाण्डे र आयुषी ढोलकियालाई नेहा धुपियाले फूलको गुच्छा दिएर सम्मान गरेकी थिइन् ।

डिजाइनर निकिता म्हसाल्कर, अभिनेत्री संगीता बिजलानी, निर्देशक अनीस बज्मी, अभिनेत्री र अभिनेत्री नेहा धुपिया, कोरियोग्राफर बोस्को मार्टिस र निर्देशक मधुर भण्डारकर निर्णायक रहेका थिए ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?